दफा ४२६
सङ्गठित संस्थाले सम्पत्ति लिँदा वा दिँदा पूरा गर्नु पर्ने कार्यविधि

(१) कानून बमोजिम स्थापना भएका कुनै सङ्गठित संस्थाले आफ्नो नाममा रहेको अचल सम्पत्ति हस्तान्तरण गर्दा त्यस्तोसङ्गठित संस्थाको सञ्चालक समितिले निर्णय गरी सञ्चालक समितिको कुनै सदस्य वा सो संस्थाको कर्मचारीलाई सम्पत्तिहस्तान्तरण गर्न अधिकार दिएमा त्यस्तो व्यक्तिले सङ्गठित संस्थाको तर्फबाट सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ ।
(२) कुनै सङ्गठित संस्थाको नाममा अचल सम्पत्ति खरिद वा अन्य कुनै प्रकारले प्राप्त गर्दा उपदफा (१) बमोजिमको प्रकृयापूरा गरेमा त्यस्तो संस्थाको नाममा सम्पत्ति खरिद वा प्राप्त गर्न सकिनेछ ।